search

spot_img
spot_img

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ जेठ/

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रवार बिहान १० बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आह्वान गरेकी छन्।

प्रदेश प्रमुखको कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख शत्रुघ्न यादवले प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार बिहान १० बजेसम्म मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आआफ्नो दाबी पेश गर्न प्रदेश प्रमुखहरूलाई आह्वान गरेको छ।

बुधवार मुख्यमन्त्री सरोज यादवले विश्वासको मत नपाएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको तयारी शुरू भएको छ। मधेस प्रदेशसभामा १०७ सदस्य छन् र बहुमतको लागि ५४ जना आवश्यक हुन्छ। हिजोको विश्वासको मतमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीलगायत नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीका सांसदहरू गरी ५४ जनाले विपक्षमा मतदान गरेका थिए।

यस हिसाबले विपक्षमा मतदान गर्नेहरूको बहुमत देखिएको छ। पछिल्लो चलेको हल्ला अनुसार जनमत पार्टीले मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने सहमति भएको बताइन्छ। यसका लागि जनमत पार्टीले बिहीवार संसदीय दलको नेता परिवर्तन गरेको छ। महेश यादव यसअघि जनमत पार्टीको संसदीय दलका नेता थिए भने अहिले सतीश सिंह संसदीय दलका नेता बनेका छन्। यादव र सिंह सप्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन्। प्रदेशसभामा विश्वासको मतको विपक्षमा एमालेका २५, जनमतका १३, माओवादीका नौ, नेकपा एसका सात र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक/एक गरी ५४ जना सदस्य थिए।

यसैगरी, नेपाली काङ्ग्रेसका २२, जसपाका १९, लोसपाका आठ र राप्रपाको एक गरी ५० जना हिजो पक्षमा देखिएका थिए। मधेस प्रदेशको मुख्यमन्त्रीको लागि शुरूमा एमालेको दाबी थियो तर पछिल्लो राजनीतिक घटनाक्रम अनुसार जनमत पार्टीले आपूmले मुख्यमन्त्री पाउने भएपछि मात्र समर्थन दिने देखिएपछि जसपा नेपाल नेतृत्वको मुख्यमन्त्री हटाउन एमालेले जनमत पार्टीलाई नेतृत्व दिन तयार भएको हो।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा संक्रमितको संख्या ५२८ पुग्यो

वीरगंज, ११ भदौ । वीरगंजमा बुधवारसम्म संक्रमितको संख्या ५२८ पुगेको छ। जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार,...

सम्बन्धित खबर

- Advertisement -neelambads