search

spot_img
spot_img

पोखरामा गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता सुरु

पढ्न छुटाउनुभयो ?




पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल सङ्घको व्यवस्थापनमा उक्त प्रतियोगिता शुक्रबार देखि पोखरा रङ्गशालामा सुरु भएको हो ।

पोखरा रङ्गशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । तनहुँलाई अग्रता दिलाउने क्रममा पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औँ मिनेटमा, खेलको २३ औँ मिनेटमा दोस्रो गोल राम थापाले गर्दा तेस्रो गोल ३१ औँ मिनेटमा जिवेश आलेमगरले गर्नुभयो ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गर्नुभएको थियो । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । यही जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता छ ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल हुने छन् । जस अन्तर्गत पहिलो खेल बिहान ८ बजे म्याग्दीले स्याङ्जाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङबिच हुनेछ भने चौथो खेलमा लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताउनुभयो । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुने सचिव गुरुङले जनाउनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

बाराको कुर्मीको घटनामा ५ जना आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

राधेश्याम पटेल, वीरगंज, २३ असार।  बारा,कलैया-१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या मुद्दामा पाँचजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...

सम्बन्धित खबर

- Advertisement -neelambads