काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज पुनः काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेका छन् । यसअघि जेठ ९ गते उहाँले अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिए ।
आजको अनुगमनका क्रममा मन्त्रीले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको, र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उनले जानकारी दिए । यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै, आइसियुको संख्या थप्न सुझाव दिए र यसलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
उनले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिए । “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरूरी छ। यसका लागि म पहल गर्नेछु” उनले भने ।
ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गरे । जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै उनले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिनुभयो । उहाँले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया शुरू भएको जानकारी गराए । साथै, चिकित्सक र कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासन दिए । “तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उनले भने ।
मन्त्री यादवले देशभरका अस्पतालहरूमा प्रयोगविहीन रहेका मेसिनहरूलाई आवश्यक स्थानमा पठाउने र त्यहाँ प्रयोगमा ल्याउने पहल शुरू गरेको जानकारी दिए । “छिट्टै तपाईँहरूले यसको अनुभूति गर्नुहुनेछ,” उनले बताए । त्यस्तै, वीर अस्पतालको आकस्मिक शाखामा देखिएको समस्यालाई समाधान गर्न माननीय मन्त्रीज्यूले नयाँ भवनमा आकस्मिक शाखा विस्तार गर्न निर्देशन दिएको जानकारी पनि गराए । ट्रमा सेन्टरको अनुगमन पूर्व उनले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा पनि अनुगमनका लागि पुगेका थिए । उनले अस्पतालले दिइरहेको सेवाबाट आफू प्रभावित भएको बताउँदै, आँखा अस्पतालले पेपरलेस प्रणालीको थालनी र जाँचका लागि विशिष्ट किसिमको आधुनिक उपकरणको प्रयोग गरेकोमा प्रशंसा गरे । मन्त्रीले अन्य अस्पतालहरूमा पनि यसलाई लागू गर्न पहल गर्ने बताए ।
आँखा अस्पतालको अनुगमनका क्रममा, त्यहाँका प्रमुखले पुरानो भवनबाट उपचार गर्न कठिनाइ भइरहेको दुखेसो पोखे । अस्पतालका निर्देशकले भवन गुठी संस्थानको जग्गामा निर्मित रहेको र यसलाई विस्तार गर्न गुठीबाट अनुमति आवश्यक रहेकोले सोका लागि पहल गर्न माननीय मन्त्रीसँग आग्रह गरे । आँखा जाँच र उपचारलाई स्वास्थ्य बिमा कार्यक्रममा राख्न पनि आग्रह गरे । माननीय मन्त्रीज्यूले यी आग्रहहरूमा आफू सकारात्मक रहेको बताउँदै छिट्टै समस्या समाधानका लागि काम शुरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि मन्त्री यादवले काठमाडौंस्थित वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि अनुगमन गरेका थियो । स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूलाई सुधार गर्न प्रतिबद्ध गर्दै उनले बरामीहरूको उपचारमा कुनै किसिमको लापरबाही नगर्न निर्देशन दिए । उनले देशभरका गरिब जनता उपचारको आसमा पुग्ने केन्द्रीय अस्पतालहरूको सेवा सुधार्न आफू लागिपरेको बताए । अनुगमनमा मन्त्री यादवका निजी सचिव भक्तराज जोशीज्यू लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box