search

spot_img
spot_img

परवानीपुरको सडक पोखरीमा परिणत, विवाद सुल्झिएन

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २७ जेठ/ वीरगंज–२१ परवानीपुरबाट पटेलनगर जाने सडकखण्डमा वर्षात्को पानी जम्दा बाटो अहिले हिलाम्य भएको छ । २०७४ देखि वडाध्यक्ष दुईजना परिवर्तन भए तापनि हालसम्म बाटोको विवाद सुल्झिन नसक्दा सो बाटो मरम्मत सम्भार एवं कालोपत्र हुन सकेको छैन । सडक चौडा गर्ने विषयमा स्थानीय नागमणि उपाध्याय र खेदु महतो धानुकबीचमा जग्गाको विवाद सिर्जना हुँदा सो ठाउँमा साइट क्लियर हुन नसकेको हो ।
जसले गर्दा परवानीपुरबाट पटेलनगरसम्म तीन किलोमिटर सडकखण्ड कालोपत्र गर्न ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले सडकखण्डको आधा डेढ किलोमिटर मात्र कालोपत्र गरेको छ । कालोपत्र नभएपछि सडक हिलाम्य हुँदा सो सडक भएर दैनिक आवतजावत गर्ने सयौं यात्री मर्कामा परेका छन् ।
परवानीपुरका बासिन्दा अजीत कुशवाहाले सो बाटोको विवाद सहमतिमा टुङ्ग्याएर भएपनि स्थानीयवासीलाई सहज बनाउनुपर्ने सुझाव दिन्छन् । उनले वडाध्यक्ष्F, वडासदस्य तथा सो ठाउँका जग्गाधनीहरूको उदासीनताका कारण लिपनीबिर्ताबाहेकका स्थानीयले सास्ती भोग्नुपरेको बताए । केही स्थानीयले वीरगंज महानगरपालिकाको परवानीपुरको सडक पोखरी बन्यो भन्दै सामाजिक सञ्जालमा तस्वीरसहितको आलोचनात्मक अभिव्यक्ति पनि राखेका छन् ।
यस विषयमा वडाध्यक्ष राधाकृष्ण रौनियारले आफूले पटकपटक अमीन बोलाएर जग्गा नापजाँच गराइ सडक क्लियर गराउन खोज्दा वरपरका जग्गाधनीबीच सहमति हुन नसक्दा सडक कालोपत्र हुन नसकेको बताए । उनले विवाद सुल्झाएर सडक कालोपत्र गर्न प्रयास गरिरहेको बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads