search

सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने

पढ्न छुटाउनुभयो ?




फ्लोरिडा । राष्ट्रिय क्रिकेट टोलीका‌ लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ ।

यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेका कारण अमेरिकाको दुई खेलबाट बन्चित हुनुभएका सन्दीपले वेस्ट इन्डिनमा समूह चरणका दुई खेल खेल्ने पक्का भएको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने विश्वकपमा बाँकी खेल खेल्न टोलीमा समावेश गरिएको जानकारी दिएको छ । विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज पुगिसकेको क्यानले जनाएको छ ।

टी-२० विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

यसअघि क्यानले सन्दीपलाई अमेरिकामा समेत खेलाउने तयारी गरेपनि नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुई पटक भिसा दिन अस्विकार गरेको थियो । 

विश्वकप अन्तर्गत अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स ६ विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको दास्रो खेल मङ्गलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ । 

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads