search

‘निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद हुने’

पढ्न छुटाउनुभयो ?




काँक्रेविहार (सुर्खेत) । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ ।

आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आउनुभएका मन्त्री श्रेष्ठले आज निर्माण स्थलको अनुगमन गर्नुभयो ।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकुदको भारी विकास हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकुद विकास मात्र नभई, अन्य क्षेत्रले पनि सिको गर्न सक्ने बताउनुभयो ।

“कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,” उहाँले भन्नुभयो, “यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर १० औँ राष्ट्रिय खेलकुद जसरी भएपनि हुन्छ ।’’

दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने उहाँको भनाइ छ । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो, तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेशको क्षमताअनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads