search

spot_img
spot_img

कास्कीलाई गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि

पढ्न छुटाउनुभयो ?




पोखरा । कास्कीले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखरा रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा तनहुँलाई टाई ब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसहित कास्कीले नगद २ लाख प्राप्त गरेको छ भने उपविजेता तनहुँले नगद १ लाखको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो । निर्धारित समयमा दुवै तर्फ गोलरहित खेल बराबरीमा टुङ्गिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । कास्कीका सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान् गुरुङले टाई ब्रेकरमा गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यता तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिँदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले उत्कृष्ट बचाउ गर्नुभएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका सन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात प्राप्त गर्नुभयो । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित हुनुभयो । विभिन्न विधामा उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले बताउनुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल सङ्घको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, अग्रज समाजसेवी टिका कार्की लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads