search

टेबलटेनिसमा बागमतीका जयस्नुलाई तीन स्वर्ण

पढ्न छुटाउनुभयो ?




पोखरा । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा ३ स्वर्ण पदक जित्न सफल हुनु भएको छ । उहाँले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जित्न सफल हुनु भएको हो । 

पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गर्नु भएको हो । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो हुनु भयो । 

गल्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बन्नु भयो । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा पराजित गर्नु भएको हो । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेस्रो हुनु भयो । 

टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले लगायतले पुरस्कृत वितरण गर्नु भएको हो । दुई दिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ ब्वाइज/गल्स गरी ५६ खेलाडी सहभागी हुनु भयो । 

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads