search

पर्सामा दैनिक १० जना सर्पदंशका बिरामी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३२ जेठ । नारायणी अस्पताल वीरगंजमा विगत एक महीनादेखि सर्पदंशका बिरामीहरूको चाप बढेको छ।
अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले एक महीनादेखि दैनिक १० जनाभन्दा बढी सर्पदंशका बिरामीहरू आउने गरेको बताए। उनले गर्मीयाममा सर्पदंशका घटना बढ्ने र अहिले अधिकांश गोमन र करेत सर्पदंशका बिरामीहरू आउने गरेको बताए। डा सिंहले दैनिक १० जना बिरामीमध्ये तीनजना गम्भीर र सातजना सामान्य खालका हुने गरेको बताए।
अस्पतालका अर्का चिकित्सक डा दिलीप चौरसियाले अस्पतालमा आउने बिरामीहरू सर्पदंश लगत्तै नआउँदा उपचारमा समस्या हुने गरेको बताए। सर्पदंश भएको पाँच/छ घण्टापछि बिरामीहरू अस्पतालमा आउँदा उपचारमा जटिलता उत्पन्न हुने गरेको बताउँदै डा चौरसिया सर्पदंश लगत्तै जतिसक्दो चाँडो अस्पताल आउन सुझाए।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads