search

spot_img
spot_img

भैंसी बजार पशु ऐनविपरीत सञ्चालनमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

एनिमल नेपाल, बाराको आयोजनामा बिहीवार वीरगंजमा पर्सा र बाराका सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ।
एनिमल नेपाल, बाराका सुपरभाइजर धर्मेन्द्र साहले २०६४ सालमा एनिमल नेपाल स्थापना भएको र सोही अवधिदेखि पशु अधिकार सम्बन्धमा कार्य गर्दै आएको बताए। उनले जनचेतनाको अभावले नेपालमा पशुपालन, हेरचाह तथा पशुको स्वच्छ मासु पाउनुर्पे वातावरणबाट उपभोक्ताहरू वञ्चित रहेको बताए।
उनले पशु वधशालाको अभाव रहेको, पशु क्वारेन्टाइनले राम्ररी काम गर्न नसकेको कारण बजारमा स्वच्छ मासु पाउनुपर्ने अधिकारबाट उपभोक्ता वञ्चित हुनुपरेको बताए। सुपरभाइजर साहले परवानीपुर र जीतपुरमा रहेका भैंसी बजार पशु ऐनविपरीत सञ्चालनमा रहेको बताए। उनले एउटा ट्रकमा बढीमा १९ वटा राँगा लोड हुनुपर्नेमा ३० वटासम्म लोड गरिएको र पाडी २४ वटा मात्र लोड गर्नुपर्नेमा ३५ वटासम्म लोड गरेको पाइएको बताए।
बढी सङ्ख्यामा राँगा, भैंसी, पाडी लोड गर्दा रक्ताम्य भई घाइते हुने र त्यस्ता घाइते पशुको मासु सेवन गर्दा उपभोक्तालाई विभिन्न खाले रोग लाग्न सक्ने बताए। बारादेखि काठमाडौंसम्म गञ्जागोल तरीकाले पशु ट्रकमा राखेर लैजाने गरिएको र यसलाई कुनै पनि ठाउँमा क्वारेन्टाइन नहुने हुँदा उपभोक्ताले समस्या भोग्नुपरेको बताए। उनले ट्रकबाट पशु ढुवानी गर्नुको साटो बारामा वधशाला बनाएर चिस्यान केन्द्रमार्फत मासुको आपूर्ति सम्बन्धित ठाउँमा गर्दा राम्रो हुने सुझाए। कार्यक्रममा पर्सा र बाराका सञ्चारकर्मीको सहभागिता थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रेस स्वतन्त्रताको सवालमा लडिरहेका छौं–निर्मला शर्मा

वीरगंज, १२ भदौ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले हामी सबै जना प्रेस स्वतन्त्रताको लागि लडिरहेको बताएकी...

सम्बन्धित खबर

- Advertisement -neelambads