search

बंगलादेशले ४ विकेट गुमायो

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै चार विकेट लिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले ६ ओभरमा आफ्ना चार प्रमुख ब्याट्सम्यानलाई गुमाएर ३१ रन बनाएको हो । बंगलादेशका तान्जिद हसन शुन्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रन बनाएर आउट भएका छन् ।

नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए । उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads