search

धानखेतीबारे परम्परागत र नयाँ प्रविधिबारे किसानलाई प्रशिक्षण

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ असार/ वीरगंजस्थित कृषि औजार अनुसन्धान केन्द्रले सोमवार जलवायुमैत्री कृषि प्रविधिबारे एक दिने तालीम किसानहरूलाई दिएको छ।
केन्द्रमा आयोजित तालीममा पर्सा, बाराका किसानहरूलाई सुक्खायाम र हिले मौसममा झरुवा धान र बेर्ना तयार गरी ट्याक्टरबाट धान रोप्ने विधि र झारपात व्यवस्थापन गर्नेबारे जानकारी गराइएको थियो।
कार्यालय प्रमुख सचिन मिश्रले सुक्खा र हिले मौसममा कसरी धान रोप्ने भन्नेबारेमा किसानहरूलाई जानकारी गराउने उद्देश्यले तालीम आयोजना गरिएको बताए। उनले कृषि उपकरणबाट धान रोपाइँ गर्दा ज्याला मजदूरीमा खर्च कम हुने र समयको पनि बचत हुने हुँदा कृषि प्रविधिबारे जानकारी गराइएको बताए।
सहभागी किसानहरूलाई इन्जिनीयर विकास केसी, द्वारिका चौधरी, सुनील सहनी र कैलाश भुडेलले धानखेती र प्रविधिबारे प्रशिक्षण दिएका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads