काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले अनुभवको कमीले जितेको खेल पनि हार्न पुगेको बताए ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो। त्योसँगै नेपालको बंगलादेशविरुद्धको खेलअगावै सुपर एटको दौडबाट बाहिरिएको थियो ।
‘टप अर्डरले लामो इनिङ्स लान खोजेको हो । तर, विकेट खस्न थालेपछि प्रेसर भयो । त्यो एरियामा अझै एक्सपोजर चाहिन्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।
नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक तथा बङ्गलादेशसँग २१ रनले पराजित भयो । श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अङ्क पाएको थियो । यही एक अङ्कसहित नेपालले विश्वकप अन्त्य गरेको थियो ।
इङ्गल्यान्डले आइसिसी टि–२० विश्वकपको सुपर आठ चरणमा सानदार सुरुवात गरेको छ । इङ्गल्यान्डले बिहीबार बिहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो ।
एक समय समूह चरणबाट बाहिरिने अवस्थामा रहेको इङ्गल्यान्डले वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेट्टायो ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
अर्को खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।