search

spot_img
spot_img

पुरुष फुटबलको विश्व वरीयतामा नेपालको तीन स्थान सुधार

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

बिहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औँ स्थानमा छ । यसअघि नेपाल १७८औँ स्थानमा रहेको थियो। नेपालको वरीयता अङ्क बढेर ९३५.९३ भएको छ ।

विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई विरुद्ध हार व्यहोरेको नेपालले यमन विरुद्ध बराबरी गरेको थियो । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा यथावत् छ । भारत १२४औँ स्थानमा रहँदा माल्दिभ्स १६०औँ स्थानमा रहेको छ । भुटान १८३औँ, बङ्गलादेश १८५औँ, पाकिस्तान १९७औँ र श्रीलङ्का २०५औँ स्थानमा रहेका छन् ।

यस्तै एसियाली राष्ट्रहरूमा जापान शीर्ष स्थानमा रहेको छ भने इरान दोस्रो रहेको छ । यी दुई टोली विश्व वरीयतामा क्रमशः १७औँ र २०औँ स्थानमा छन् । विश्वकप विजेता अर्जेन्टिना वरीयतामा शीर्ष स्थानमा यथावत् नै रहेको छ । फ्रान्स दोस्रो स्थानमा कायम रहँदा बेल्जियम तेस्रो स्थानमा छ । ब्राजिल चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा रहेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads