search

क्रिकेटर आशिफ शेखको गृहनगर वीरगंजमा भव्य स्वागत

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ६ असार/ नेपाली राष्ट्रिय क्रिकेटर आशिफ शेखलाई गृहनगर वीरगंजमा भव्य स्वागत गरिएको छ। टी–२० विश्वकप खेलेर स्वदेश फर्केपछि काठमाडौंबाट सिमरा हुँदै उनी वीरगंज आइपुगेका हुन्। साँझ ५ बजे सिमरा पुगेका आशिफलाई नेपाल क्रिकेट सङ्घ, पर्साका अध्यक्ष मनीष सिंहले स्वागत गर्दै फूलमाला र खादा लगाएका थिए।
शेख सवार कारलाई वीरगंज नगरपरिक्रमा गराइएको थियो। गत २ जूनदेखि अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपालले ‘डी’ समूह अन्तर्गत चार खेलमध्ये तीन खेल खेलेको थियो भने तीनवटै खेलमा जीतनजीक पुगेर पराजित भएको थियो। टेस्ट राष्ट्रलाई कडा चुनौती पेश गरेको नेपाली टीम आगामी दिनमा टेस्ट मान्यताप्राप्त टीमभन्दा कम हुनेछैन भन्ने खेलप्रेमीहरूको भनाइ छ। क्यान पर्साका अध्यक्ष सिंहले नेपालको प्रदर्शन सराहनीय रहेको बताए।
क्रिकेटर आशिफले नेपालको खेलको दिन नेपाली प्रशंसकहरूले विदेशमा गएर गरेको समर्थन अविष्मरणीय रहेको भन्दै सम्पूर्ण नेपाली दर्शकलाई धन्यवाद दिए। उनले आगामी दिनमा अझै सशक्त भएर खेल्ने र टीमलाई जिताउने प्रतिबद्धता व्यक्त गरे। नगरपरिक्रमाको अवसरमा मधेस प्रदेशका प्रमुख छनोटकर्ता मुर्तुजा हवारी, क्यान पर्साका प्रशिक्षक प्रकाश शर्मा, आशिफ शेखका बाल्यकालका प्रशिक्षक जहुर अन्सारीलगायतको सहभागिता थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads