परवानीपुर, ७ असार/ परवानीपुर गाउँपालिकाको १५औं वार्षिक गाउँसभाले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।
शुक्रवार गापा सभाहलमा उपाध्यक्ष किरण देवीले आगामी आवको नीति तथा कार्यक्रमसहित ४७ करोड पाँच लाखको बजेट प्रस्तुत गरेकी थिइन्। गापा अध्यक्ष विनोद जयसवालले आगामी आवमा शिक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले एमबिबिएस र इन्जिनीयर अध्ययन गर्ने गापाका एक/एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, छवटा माविसहित १३ वटा विद्यालयको भौतिक संरचना मरम्मतसम्भार र सबै विद्यालयलाई सिसिटिभीको निगरानीमा राख्ने बताए।
उनले चालू आवदेखि नै बेंगा साह माविमा अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरू भएको र आगामी आवमा अन्य विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था मिलाइने बताए। उनले चालू आवमा गापामा डेढ किलोमिटर ग्राभेल सडक ढलान गरिएको, वृक्षारोपण गरिएको, कृषि विद्युतीकरण निश्शुल्क गरिएको र स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन, वारुणयन्त्रको व्यवस्था गरिएको बताए। उनले यी कार्यलाई पनि आगामी बजेटमा निरन्तरता दिइने बताए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले स्वागत गर्दै नीति तथा कार्यक्रम र बजेटबारे प्रकाश पारेका थिए।

Facebook Comments Box