search

spot_img
spot_img

सरकारी सेवामा भुइँमान्छेको पहुँच बढ्नुपर्यो– प्रजिअ भुसाल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ७ असार/
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सरकारी सेवामा भुइँमान्छेको पहुँच बढाउने गरी काम गर्नुपर्ने बताएका छन्।
शुक्रवार जिल्ला प्रहरी कार्यालय, पर्सामा स्मार्ट कन्ट्रोल रूमको उद्घाटन गर्दै प्रजिअ भुसालले पिछडिएका, सेवा पाउन नसकेकाहरूलाई प्राथमिकतामा राखेर अपराध न्यूनीकरणको योजना बनाउनुपर्ने बताए। उनले पहुँच भएकाहरूको मात्र सुनवाइ हुने हो भने भुइँमान्छेहरू जहिले पनि सेवाबाट वञ्चित हुने र उनीहरूप्रति अन्याय हुने भन्दै त्यस्ता व्यक्तिहरूलाई पनि सेवाको दायरामा ल्याउनुपर्ने सुझाव दिए।
जिल्ला प्रहरी कार्यालय, पर्सामा सञ्चालन भएको स्मार्ट कन्ट्रोल रूमबाट अब प्रहरीले दिने सेवा अझ बढी प्रभावकारी हुने प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। उनले १०० नम्बरको हटलाइन सेवा दुईवटाबाट चारवटा बनाइएको र आगामी दिनमा स्मार्ट कन्ट्रोल रूम सञ्चालनमा आएपछि कुनै पनि सेवाग्राहीले सूचना दिएको पाँच मिनेटभित्र जिल्लाभरिमा सेवा पाउने वातावरण थालनी भएको बताए। उनले यसका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा ६२ वटा मोटरसाइकल शीघ्र सञ्चालनमा ल्याएको जानकारी गराए।
महानगरभित्र सिसिटिभी जडित क्षेत्रमा अपराधका घटना न्यूनीकरणका लागि पर्सा प्रहरीले अझ प्रभावकारी काम गर्ने उनले दाबी गरे। प्रहरी प्रधान कार्यालय अन्तर्गत महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट आएका प्रहरी राजु केसीसहितको टीमले स्मार्ट कन्ट्रोल रूम सञ्चालन विधिबारे जिप्रका, पर्साका टोलीलाई प्रशिक्षण दिनेछन्। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगंज ब्यारेकका सेनानी सुनील कार्की, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, प्रहरी नायब उपरीक्षक दीपक भारतीलगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads