वीरगंज,११ असारः वीरगंजमा मंगलबार डेंगु, मलेरिया,कालाजार रोग नियन्त्रण बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगर स्वास्थ्य महाशाखाको सहयोगमा स्वास्थ कार्यलय पर्साको आयोजनामा किटजन्य रोग नियन्त्रण तथा लामखुट्टे लार्भा नष्ट गर्ने सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा वीरगंज महानगरपालिकाकोे वडा नम्बर १ देखि १६ सम्मका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई ती रोगको रोकथाम बारे जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पर्सा जिल्लामा यो चालू आर्थिक वर्षमा डेंगु रोगका ९ जना विरामी भेटिएको जानकारी गराए ।
तातो हावापानी भएका शहर र शहरोन्मुख वस्तिमा डेंगु, मलेरिया,कालाजार लगायतका किटजन्य रोगका कारण पर्सा जिल्ला पनि उच्च जोखिममा रहेको उनले बताए । बर्षासँगै किटजन्य रोग बढ्ने भएकोले आफनो घरवरिपरि सफा राख्ने , पानी जम्ने खाल्डा खाल्डाखुल्डीपुर्ने, सुत्दा अनिवार्य झुल लगाएर सुत्ने, घर बाहिर निस्कँदा पुरा बाहुला भएका कपडा लगाउनु पर्ने, झ्याल तथा ढोकामा जाली लगाउने, नियमित सरसफाईमा ध्यान दिने र वातावरणलाई सफा राख्न सके यस्ता महामरीजन्य रोग फैलिनबाट रोक्न सकिने उनले बताए ।
स्वास्थ्य कार्यलय पर्साका प्रमुख डाक्टर मुक्तीनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका स्वस्थ्य महाशाखाका प्रमुख अनिल कुमार यादव ,जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुर , नेपाल पत्रकार महासंघ पर्साका पुर्ब अध्यक्ष शत्रुघन नेपाल लगायतकोपनि उपस्थिति रहेको थियो ।

Facebook Comments Box