search

spot_img
spot_img

रामवन बस्ती जोगाएर चिडियाखाना बनाउन ज्ञापन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन जोगाउन माग गरेका छन् ।
रामवनमा चिडियाखाना बनाउनको लागि बस्ती हटाउन जिल्ला वन कार्यालयले पन्ध्र दिने सूचना जारी गरेपछि आज नेपाली कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षत्री, नेकपा एमाले अध्यक्ष डा बिश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, जसपा पर्सा सचिब तब्रेज आलम, नेकपा एसका मनोज चौधरीलगायतले प्रजिअ भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए ।
यस अघि सर्वदलिय टोलीले रामबनमा रहेको बस्तीको भ्रमण समेत गरेका थिए । भ्रमण पश्चात सर्बदलिय टोलीले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानवबस्ती बचाएर बिकास निर्माण लाई अघि बढाउन अनुरोध गरिएको सर्वदलिय टोलीमा सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले जानकारी गराए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads