search

spot_img
spot_img

नारायणीमा एचआइभीको लागि शल्यक्रिया गर्नुपर्ने माग उठ्यो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १३ असार/ सहयात्री समाज वीरगंजको आयोजनामा एचआइभी जिल्ला समितिका सरोकारवालाहरूबीच समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा नारायणी अस्पतालमा एचआइभी सङ्क्रमितहरूको शल्यक्रिया गर्नुपर्ने माग उठेको थियो। त्यसैगरी, एचआइभी सङ्क्रमितको लागि थुनुवा कक्षको लागि राज्यले कानूनी व्यवस्था बनाउनुपर्ने माग उठेको छ।
पर्साका विभिन्न सरोकारवाला संस्थाहरूको सर्वपक्षीय भेलाले जानकारी लिंदै एचआइभी सङ्क्रमितलाई प्रवाह गर्ने सेवा सुविधा कसरी सहज र सरल किसिमले पुर्याउने भन्ने विषयमा छलफल केन्द्रित थियो।
त्यसैगरी, एचआइभी सङ्क्रमितहरूको परीक्षणको दायरा बढाउन एचआइभी कीटको सङ्ख्या बढाएर उपलब्ध गराउनुपर्ने माग उठेको थियो। बैठकपछि आयोजक संस्थाले आएका सुझावलाई माथिल्लो निकायमा प्रतिवेदन पठाउने र आगामी दिनमा जिल्लामा एचआइभी सङ्क्रमितको उपचार प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाका कार्यक्रम संयोजक सुरज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक प्रभाकरराज पाण्डे, स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, वीरगंज महानगर सामाजिक शाखा प्रमुख राजेश गिरी, स्वास्थ्य शाखा अधिकृत सुमनचन्द्र ठाकुर, नेपाल आराधना समाजका कार्यक्रम संयोजक अवधेशप्रसाद साह, नारायणी अस्पतालका एआरटी परामर्शदाता (एनटिरेट्रो थेरापी काउन्सलर) ओमप्रकाश साह, एएचएफ वीरगंजका प्रतिनिधि एवं पर्साका १० वटा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको सहयात्री समाज वीरगंजका अनुगमन तथा मूल्याङ्कन अधिकृत जटाशङ्करप्रसाद साहले जानकारी दिए।
बैठकमा पर्सामा एचआइभी सङ्क्रमितहरूलाई उपलब्ध गराइने सेवा सुविधाबारे इपिक नेपाल/एफएचआई (फेमिली प्लानिङ इन्टरनेशनल ३६०)का मधेस प्रदेश संयोजक अजय कटुवालले कार्यपत्र प्रस्तुत गरेका थिए। पर्सामा करीब पाँच सयको हाराहारीमा एचआइभी सङ्क्रमित सहयात्री समाजमा आबद्ध रहेका छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads