search

spot_img
spot_img

परवानीपुर गापाले अनलाइन कर सङ्कलन गर्ने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असार/ परवानीपुर गाउँपालिकाले अनलाइन कर सङ्कलन अभियान शुरू गर्ने भएको छ। गापाले यही असार १७ देखि २१ गतेसम्म कर सङ्कलन अभियानका लागि कर्मचारीहरूलाई तालीम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए।
उनले लक्ष्यअनुरूप सम्पत्तिकर लगायतका अन्य करहरू सङ्कलन हुन नसकेका कारण आन्तरिक राजस्व सङ्कलन बढ्न नसकेको र आन्तरिक राजस्व बढाउनका लागि नै अनलाइन कर सङ्कलन अभियान शुरू गर्न लागिएको बताए। उनले असार २१ गतेसम्म तालीम दिइने र त्यसपछि अनलाइन कर सङ्कलन अभियान सञ्चालन हुने बताए। उनले अनलाइन कर सङ्कलन अभियान शुरू भएपछि करदाताहरूले घर अथवा जुनसुकै स्थानबाट कर तिर्न सक्ने बताए। कर तिर्नका लागि नाम टिपाएपछि गापाको युजर नेम र पासवर्ड वितरण हुने र त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालका कुनै बैंकमा रहेको खाताबाट कनेक्ट आइपिएस वा वालेटबाट सजिलै कर भुक्तानी गर्न सकिने उनले बताए।
गापाध्यक्ष राम क्षेत्री कुर्मीले गापाको मुख्य आम्दानीको स्रोत रहेको आन्तरिक राजस्व सङ्कलन कम भएको हुनाले वृद्धि गरी जनताका आधारभूत आवश्यकता र विकास निर्माण कार्य पूरा गर्न अनलाइन कर सङ्कलन अभियान सञ्चालनको तयारी भएको बताए। यस अन्तर्गत मालपोत, घरजग्गा र व्यवसाय करलगायत अन्य करहरू अनलाइनमार्फत बुझाउन सकिने उनले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads