search

मनीषाको मुद्दामा धरौटीमा चारजना रिहा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १८ असार/ पर्सा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा चारजनालाई १० लाख धरौटी बुझेर रिहा गर्न आदेश दिएको छ ।
पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरबिर्ता घर भई हाल वीरगंज–१५ नेशनल मेडिकल कलेजनजीक माइती भएकी मनीषा देवीको आत्महत्या दुरुत्साहनको घटनामा दुवै पक्षका कानून व्यवसायीको बहस पैरवी सुन्दै यस्तो आदेश आएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रनाउ दीपक भारतीले बताए ।
सो घटनामा २२ वर्षीया मनीषाको वीरगंज–१२ मुर्ली बस्ने पति रविकुमार साह, ससुरा बद्री साह कानू, सासू सीमादेवी र रविका मामा वीरगंज–१५ बस्ने दरोगा साह कानूलाई जनही अढाई लाख गरी १० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ ।
एक महीनाअगाडि पतिको घरमा झुन्डिएको अवस्थामा मनीषाको शव भेटिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएर आत्महत्या दुरुत्साहन मुद्दामा सातजनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads