search

spot_img
spot_img

झारफुकको बहानामा आफन्तको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० असार । जगरनाथपुर गाउँपालिका–१ बिसुनपुर्वा टोलनजीक ओरिया नदीमा हत्या गरी शव गाडिएको घटनामा पर्सा प्रहरीले तीनजनालाई बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले जगरनथापुर गापा–५ झखरा मसिहानी निवासी मृतकका बहिनी ज्वाइँ सन्तोषकुमार कुमाल, कलैया उपमहानगरपालिका–५ निवासी भतिजा लक्ष्मणकुमार प्रजापति र जगरनाथपुर गापा झखरा मसिहानी निवासी महादेव महतो नुनियाले सो हत्या गरी ओरिया खोलामा शव गाडेको प्रहरीले दाबी गरेको हो।
बिसुनपुर्वानजीक ओरिया खोलामा गत जेठ २५ गते बारा, कलैया उपमहानगरपालिका निवासी ६० वर्षीय रामएकबाल पडित र आदर्श कोतवाल गाउँपालिका–७ का सुरेश ठाकुर लोहारको शव गाडिएको अवस्थामा फेला परेको थियो। मृतक पडित गाउँमा झारफुक गर्ने कार्य गर्थे र उनका भाइबुहारीले घरको पशुचौपायाको मृत्युमा पडितलाई दोषी देखाउने गरेकी थिइन्। पडित दाइभाइबीचमा जग्गाजमीन र लेनदेनको पनि विवाद रहेको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। उनले पडितका भतिजा प्रजापतिले झकरा मसिहानीका नुनियालाई आठ लाख रकम दिएर हत्या योजना बनाएको बताए।
उनले हत्याको योजना चार महीनादेखि बनाइएको र जेठ २५ गते झारफुकको बहानामा पडितलाई जगरनाथपुरको बिसुनपुर्वामा बोलाएर हत्या गरी ओरिया खोलामा गाडेको दाबी गरे। पडितसँगै लोहार पनि गएकाले उनको पनि हत्या गरिएको प्रउ ढुङ्गेलले दाबी गरे। एकजना महिलालाई झारफुक गर्न भनेर पडितलाई ओरिया खोलामा बोलाइएको थियो। महिलालाई झारफुक गर्न पडितले लोहारलाई लिएर ओरिया खोलामा गएपछि उनीहरू दुवैजनाको घाँटी थिचेर हत्या गरिएको प्रउ ढुङ्गेलले बताए। उनले यो घटनामा संलग्न अझ केही मानिस भने फरार रहेको बताए।
उनले पडित र लोहारको हत्या गरेर उनीहरूको शव भारतीय भूमितर्फ गाडेर दुवै देशका सुरक्षाकर्मीहरूको अनुसन्धान भड्काउने कोशिश गरिएको तर सीमा छुट्याउन नसकेर नेपाली भूमिमा गाडिएको बताए। पर्सा प्रहरीले ओरिया खोलाबाट दुईजनाको शव बरामद गरेको घटना बाहिरिएपछि कलैयाबाट दुई दिन अघि जगरनाथपुर गएका पडित र लोहारको बारेमा खोजी कार्य भएको थियो। बारा प्रहरीमार्फत पर्सा प्रहरीमा यो सूचना आएपछि प्रहरीले यसबारेमा अनुसन्धान अगाडि बढाएको र हत्यारा पक्राउ गर्न सफल भएको हो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads