search

spot_img
spot_img

सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरणमा कडाइ गरिने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २० असार/ स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा एक दिने सरोकारवालासँग सुर्तीजन्य पदार्थ सेवन तथा लागूऔषध न्यूनीकरणको लागि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आयोजित गोष्ठीमा सुरक्षा अधिकारी, स्वास्थ्यकर्मीहरूको सहभागिता थियो। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विद्यालय, अस्पताल, सरकारी कार्यालयको सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन कडाइका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए। वीरगंजलगायत ग्रामीण बजारहरूलाई प्राथमिकतामा राखेर सामूहिक प्रयासलाई नियन्त्रणमा लिनुपर्ने बताए।
स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले सुर्तीजन्य पदार्थको खुला बिक्री वितरणले बालबालिका र कम उमेरका युवाहरू प्रभावित भइरहेको बताए। उनले सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा कडाइका साथ नियन्त्रण नगरिए समाज विभिन्न रोगबाट ग्रसित हुने डा मुक्तिनारायण साहले बताए।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, श्रीपुर ब्यारेकका निराजन कटुवाल, सशस्त्र प्रहरी निरीक्षक राधेश्याम धिमाल, सहायक प्रजिअ सानुबाबू अधिकारी, उपअनुसन्धान निर्देशक दिलीपकुमार सिंह, शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख मुक्तिप्रसाद भट्टराई, कार्यक्रमका फोकल पर्सन विनोद झा, वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादवलगायतको सहभागिता थियो। ऐन बनेको तर सोलाई कडाइ नगर्दा पर्सामा जथाभावी सुर्तीजन्य पदार्थको सेवन भइरहेको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads