search

spot_img
spot_img

पोखरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला, सभापतिमा प्रदीप पटेल

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगर पालिका भेला भब्य रूपमा सम्पन्न भएको छ । भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्य कमिटी समेत निर्बिरोध चयन गरेको हो ।
आज पोखरिया पार्टी प्यालेसमा आयोजित रास्वपाको पोखरिया प्रथम भेलाले सभापतिमा प्रदिप पटेल, उपसभापतिमा बैजनाथ ठाकुर, सचिवमा खलिल मियाँ तेली, कोषाध्यक्षमा प्रतिमा देवी धोबिन र सदस्यहरूमा विशेश्वरप्रसाद यादव, रामप्रबेश पटेल, सुरज कुर्मी, फुलमती देवी, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार, बनु शाह गोडलाई चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सप्पन्न उक्त भेलामा सभापतिको आशनबाट बोल्दै पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरि अघि बढ्न निर्बाचित पालिका पदाधिकारीहरू लाई निर्देशन दिए । उनले अरू पार्टीहरूलाई पटक पटक हेरिसकेकोले अब स्थानीय स्तरमा रास्वपा लाई नै जिताउन त्यहाँका स्थानीय हरूलाइ आग्रह गरे ।
त्यसैगरी प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रिय सदस्य डा नन्दन यादवले आफ्नो पार्टी सभापतिलाई विपक्षीहरूले निराधार आरोपहरू लगाएर अनावश्यक हिलो छ्याप्ने काम मात्र गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त प्रथम भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरेका थिए भने निबर्तमान संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रदेश सदस्य सुदिस प्रजापती, सब्बु कंडेल, क्षेत्रीय सभापतिहरू फैयाज मियाँ, जितेन्द्र मिश्र यातायात विभाग प्रमुख राम आर्य, शिक्षा बिभाग उपप्रमुख सोना लाल पटेल, वडासभापती माइकल सापकोटा मुना साह, कासिम मियाँ , लालकिशोर पटेल, प्रदिप पटेल लागायतको उपस्तिथि थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads