search

spot_img
spot_img

शङ्कराचार्यको सौन्दर्यकरणले भारतीय पर्यटकको ध्यानाकर्षण

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ असार/ गेटवे अफ नेपाल (नेपालको प्रवेशद्वार)को रूपमा चिनिने वीरगंजको शङ्कराचार्यमा केही वर्षयता भएको सौन्दर्यकरणको कारण बाहिरी पर्यटकहरूको ध्यानाकर्षण गरिरहेको छ।
शङ्कराचार्यको आकर्षक रङरोगन र भारत–नेपालको झन्डाअङ्कित हात मिलाएको प्रतिमा निर्माण, आइ लभ वीरगंज लेखिएको बत्ती र अन्य सौन्दर्यकरणका संरचनाले भारत तथा तेस्रो मुलुकबाट भित्रिने पर्यटकलाई आकर्षित गरिरहेको पर्यटकहरू बताउँछन्। अहिले दिनभरि सो स्थानमा रक्सौलबाट भित्रिने पर्यटकहरू अथवा नेपालबाट रक्सौल जाने यात्रीहरू फोटो खिच्ने, भिडियो बनाउने जस्ता गतिविधि गरिरहेको देखिन्छ।
वीरगंज महानगरपालिकाकामा प्रमुख राजेशमान सिंह विजयी भएपछि वीरगंजको सौन्दर्यकरण र सरसफाइमा अग्रसरता देखाएका थिए।
जसको कारण वीरगंजको माईस्थान, शङ्कराचार्य प्रवेशद्वार, घण्टाघर, घडिअर्वा, प्रतिमाचोक, गण्डकचोकलगायत क्षेत्रहरूको सौन्दर्यकरण गरेका थिए। साथै वीरगंज बाइपास सडकखण्डमा रातिको समयमा पोलपोलमा बल्ने हरियो बत्तीले समेत पर्यटकहरूको ध्यानाकर्षण गरिरहेको स्थानीयहरू बताउँछन्।
दिउँसोभन्दा राति वीरगंज झिलिमिली हुँदा बाहिरबाट आउने यात्रीहरूलाई एक रात बिताएर जाने अवस्था सिर्जना गरेको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगंज महानगरद्वारा होटल व्यवसायीसँग अभिमुखीकरण

वीरगंज, ६ असार । वीरगंज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूसँग शुक्रवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर