search

spot_img
spot_img

निजी स्रोत शिक्षकले विद्यालयमा लगाए ताला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ असार/ बारा, कलैयाको एउटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन्। कलैया उपमहानगरपालिका–१८ स्थित नेरामावि मोतीसरमा वडा कार्यालयबाट निजी स्रोत कोटामा नियुक्त प्रावितहका शिक्षक राजेश रविले आज बिहान ६ः३० बजेदेखि आठ बजेसम्म तालाबन्दी गरेका थिए। निजी स्रोतबाट एक वर्षदेखि काम गर्दै आए तपानि नगरपालिकाले विद्यालयको खातामा १२ महीनाको पारिश्रमिक नबुझाएकोले आक्रोशित बन्दै उनले विद्यालयको मुलगेटमा तालाबन्दी गरेका थिए।
तालाबन्दी भएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडाध्यक्ष्, प्रधानाध्यापकको सक्रियतामा छलफल भएको थियो। छलफलमा चाँडै पैसा पठाउन पहल गर्ने निर्णय भएपश्चात् आठ बजेतिर उनले तालाबन्दी खोलेका थिए। त्यसपछि विद्यालयका प्रअ कलैया नगरपालिकामा समस्या राख्दा नपाले आजै वार्षिक अनुदानको तीन लाख पारिश्रमिकबापतको रकम विद्यालयको खातामा पठाएको प्रअ रविचन्द्रप्रसाद साहले बताए।
यसअघिका प्रअ किशोरी रामको पालामा उक्त शिक्षक नियुक्त भएका थिए। तर विद्यालय प्रशासनले रकमको लागि प्रभावकारी किसिमले नपा र वडा कार्यालयसँग पहल नगरेको कारण १२ महीनाको तलबमा ढिलाइ भएको शिक्षकले बताएका छन्। तर असार मसान्तको अन्त्यतिर आएर पनि उनी आक्रोशित बन्दै तालाबन्दी गरी विरोध जनाएका थिए। सातजना शिक्षक, कास र लेखापाल गरी नौंजना शिक्षक कर्मचारी रहेको सो विद्यालयमा करीब साढे चार सयको हाराहारीमा छात्राछात्राहरु अध्ययनरत छन्। विद्यालयमा एउटा निमावि, अङ्ग्रेजी राहत कोटामा शिक्षक नियुक्ति गर्ने तयारी छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads