search

जफत गरेको मालवस्तु लिलामी गरेर १८ करोड राजस्व सङ्कलन

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ असार/ वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालू आवमा असार १६ गतेसम्म विभिन्न मालवस्तु लिलामी गरेर १८ करोड ४६ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ।
चालू आवको विभिन्न महीनामा आएको मालवस्तु आयातकर्ताले स्वघोषणा गर्न नआएको र विभिन्न प्रक्रिया पूरा गरेर सूचना प्रकाशित गर्दा पनि उनीहरुले सामान छुटाउन नआएकोले उक्त सामान जफत गरी लिलामी गरिएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए।
उनका अनुसार गत माघ १७ गतेको निर्णय अनुसार अफसेट मेशिन, सोफा क्लथ, प्लास्टिक दाना, अटोपार्टस्, कम्प्युटर पार्टस्, वाशिङ मेशिन, पिपिउल फाइबर, चेस्ट फ्रिजर, कालो मासको दाल, सुपारी, सुकुमेल, पिभिसी प्mलुनरलगायतको विभिन्न मालवस्तुहरु लिलामी गरिएको र लिलामीमा बढी मूल्यमा डाक बढाबढ गर्ने व्यवसायीलाई उक्त सामान दिइएको उनले बताए।
आव २०७६/७७ को कोभिड कालदेखि हालसम्म विभिन्न समयमा आएको मालवस्तुहरु लिलामी प्रक्रियामा नजाँदा भन्सार यार्डमै थन्किएर डम्प भएको थियो। तर श्रीसिया बन्दरगाहका यसअघिका प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीको सक्रियतामा राजस्व बढाउनको लागि जफत गरिएको मालवस्तुहरु लिलामी प्रक्रियामा गएर राजस्व सङ्कलन गरेको कर्मचारीहरुलेब ताएका छन्। उनको यस्तो कामको कर्मचारीहरुले प्रशंसा गरेका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads