search

spot_img
spot_img

पसाहा पुलमा दुर्घटनाः १४ जना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असार । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १६ पसाहा पुल नजीकै भएको दुर्घटनामा १४ जना घाइते भएका छन् ।
बिहीवार बिहान मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य सवारीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भीर घाइते भएकी छन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सनझा देवी गम्भीर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रहरी बताउँछ । घाइतेहरूको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी जनायो ।
प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनावारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads