search

spot_img
spot_img

करैयामाईमा ड्रागन फ्रुटको व्यावसायिक खेती

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, ३० असार/ तराई–मधेसका जिल्लामा समेत अहिले नगदेबालीको रूपमा ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । बाराका निजगढ, सिमरा, नकटुवासँगै अब पूर्वी भाग करैयामाई–८ औनिया गाउँमा समेत ड्रागन फ्रुटको खेती शुरू गरिएको छ ।
स्थानीय किसान रामस्वरूप पडितले निजी साढे तीन कट्ठा जग्गामा यस वर्ष नगदेबालीको रूपमा ड्रागन फ्रुट लगाएका छन् । विभिन्न सङ्घसंस्थामा २० वर्षसम्म अनुभव हासिल गरेका पडितले खेतीबारीको बारेमा ज्ञान हासिल गरी यो खेतीतर्फ अग्रसर भएको बताए । धान र गहुँ बाली हरेक वर्ष खनजोत गरी रोपाइँ गर्नुपर्छ, तर ड्रागन फ्रुट एकपटक रोपेपछि ३० वर्षसम्म फल टिप्न पाइने भएकाले यो खेतीप्रति नेपाली किसानको आकर्षण बढ्दो रहेको उनी बताउँछन् ।
साढे तीन कट्ठा जमीनमा उनले ड्रागन फ्रुटका करीब १५० बिरुवा लगाएका छन् । वर्गाकाररूपमा एक बिरुवादेखि अर्को बिरुवाको दूरी करीब आठदेखि १० फिट रहेको छ । पानी नजम्ने जग्गामा यो बाली लगाउँदा मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । उनले १४ महीनापछि फल टिपिरहेको बताए । हाल ड्रागन फ्रुटको बजार मूल्य थोकमा प्रतिकिलो साढे तीन सय छ, बजारमा खुद्रामा प्रतिकिलो पाँच सयसम्म पर्छ ।
उनले साढे तीन कट्ठामा सो खेती गर्दा साढे चार लाख खर्च भएकामा वर्षमा दुई लाख रुपैयाँ आम्दानी हुने बताए । गाउँमा अनौठो फल फलेको हेर्ने गाउँलेले आश्चर्य मान्छन् । उनले कोही किसान यसको खेती गर्न चाहेमा निश्शुल्क तालीम र अन्य परामर्श दिने उनले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads