राधेश्याम पटेल, परवानीपुर, २९ असार/ त्रिशूलीमा दुईवटा बस खसेको ४८ घण्टा बितिसक्दा पनि कसैले पीडितहरूको घरमा पुगेर हालखबर पनि नसोधेको बेपत्ता नागरिकका परिवारजनले आरोप लगाएका छन्। बारा, प्रसौनी–१ नकटुवाका ताराचन्द्र राउत कुर्मी र निजकी पत्नी कुश्मी देवी पनि वीरगंजबाट काठमाडौंको लागि गएको एन्जल डिलक्स यात्रुवाहक बसमा सवार भई काठमाडौं जाँदै गर्दा उनीहरू दुर्घटनामा परेको परिवारजनले बताएका छन्। उनीहरूको टिकट ताराचन्द्रका नातेदार पर्ने वीरगंज–१४ ठूलो पिपराका प्रकाश पटेलले काटेका थिए।
ताराचन्द्र काठमाडौंको एक अस्पतालमा उपचाररत ज्वाइँ दशरथ पटेलका भाइ अनुराग पटेललाई भेट्न पत्नीसँगै काठमाडौं जाँदै थिए। दुवैजना राति साढे ७ बजे वीरगंज बसपार्कबाट बसमा चढेका थिए। ताराचन्द्र पटेलका कान्छा छोरा अनोज पटेलले दुई दिन बितिसक्दा पनि कोही पनि दुःखमा सामेल हुन नआएको दुःखेसो पोखे। कक्षा १२ मा अध्ययनरत अनोजको घरमा हजुरआमा, दाइ सरोज पटेल मात्रै रहेका छन्। शुक्रवार बिहान सो दुःखद खबर सुनेर आफन्तजन सबै घरमा भेटघाट गर्न आए तापनि सङ्घ तथा प्रदेशका जनप्रतिनिधिलगायत सरकारी कर्मचारी सान्त्वना दिन नआएको दुःखेसो पोखे।
त्रिशूलीमा बस खसेको दुई दिन भयो, केही अत्तोपत्तो लागेको छैन, घरमा चुलो पनि बलेको छैन, फलफूल र पानी खाएर बसेको ताराचन्द्रका काका जलन्धर राउत कुर्मी बताउँछन्। यो घटना सुनेर केही राम्रो लागिरहेको छैन। त्यसैगरी, गाउँकै ललन पटेलले सरकारकै लापरवाहीका कारण दैवी विपद् भएको गुनासो गरे। उनले बर्खाको समयमा सो रूटमा पहिरो जान्छ भन्ने थाहा हुँदाहुँदै पनि प्रहरीले गाडी जान दियो, त्यही गलती भयो, उनले भने। उनले अन्य देश भएको भए विदेश प्राविधिक ल्याएर बस र यात्रीहरूको पत्ता लगाइसक्थ्यो तर यहाँका सबै नेता चोर छन्, कुर्सीका लागि मात्र लड्छन्। प्रधानमन्त्रीलाई विश्वासको मत लिन हतार छ, उनले आरोप लगाउँदै भने, “अपना काम बनता, जनता जाओ खान्ता अर्थात् आफ्नो काम बन्नुसँग मतलब छ, चाहे जानता खाल्डोमा किन नजाओस्।”
उनले बेसहारा पीडित परिवारका सदस्यको लागि सरकारले विशेष प्याकेज ल्याएर राहत र क्षतिपूर्ति एवं भरणपोषणको जिम्मेवारी लिनुपर्ने सुझाव दिए। यस्तै रवैया रह्यो भने आगामी दिनमा सम्पूर्ण नेपाली जनता सडकमा आएर नेताको विरोधमा खडा हुने अवस्था आउन सक्ने दिन पनि टाढा नरहेको उनले जिकिर गरे।

Facebook Comments Box