search

spot_img
spot_img

ज्ञानदा एकेडेमीमा विद्यार्थीहरूको पदभार र शपथ ग्रहण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ ज्ञानदा एकेडेमीले छात्रछात्राहरूलाई नयाँ नेतृत्व र जिम्मेवारी दिने उद्देश्यका साथ पदभार र शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज पब्लिक कलेजका निर्देशक एवं शिक्षाविद् तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले विद्यार्थीलाई दिइएको उत्तरदायित्व वहन गर्न अनुशासनका दायरा र विविध ज्ञान तथा सोचमा परिवर्तन ल्याउन यस प्रकारका जिम्मेवारी दिनुपर्नेमा जोड दिए। उनले आगामी दिनहरूमा पनि यस प्रकारको जिम्मेवारी दिएर युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए।
एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले युवाहरूको भूमिका महत्वपूर्ण भएको र यस प्रकारका जिम्मेवारीले उनीहरूमा एउटा जोश र जाँगरको प्रादुर्भाव गर्ने बताए। उनले अहिलेको परिप्रेक्ष्यमा नयाँ पुस्तालाई जीवन पद्धति जिउने नयाँ ज्ञानका ढोका खोल्न र जिम्मेवारी बोध गराउन अति आवश्यक हुने बताए।
कार्यक्रममा २४ जना पदाधिकारी हरूलाई ब्याच र पदभार ग्रहण गराइएको थियो। हेडब्याय तथा हेड गर्ल, डेपुटी हेडब्याय तथा हेड गर्ल, डिसिप्लिन इन्चार्ज ब्वाय र गर्ल, स्पोट्र्स ब्वाय र गर्ल, स्कूल कल्चर ल हेड ब्वाय, हेड गर्ल, एकेडेमिक कमिटी हेड ब्वाय, हेड गर्ल, स्कूल इन्भायरमेन्टल हेड ब्वाय, हेड गर्ल, स्कूल इन्भायरमेन्टल डेपुटी हेड ब्वाय–गर्ल, स्कूल टेक्निकल डिपार्टमेन्ट कमिटी हेड ब्वाय–गर्ल तथा एकेडेमिक प्रिफेक्ट्स, हाउस क्याप्टेन ब्वाय र गर्ल, डेपुटी हाउस क्याप्टेन ब्वाय र गर्ल तथा हाउस प्रिफेक्ट्सहरूलाई पदभार ग्रहण र ब्याच प्रदान गरिएको थियो।
हेड ब्वाय र गर्लमा क्रमशः मयङ्क मित्तल र रितिका तिवारी, डेपुटी हेड ब्वाय र गर्लमा क्रमशः युग तुल्स्यान र खुसाली जाटिया, स्कूल डिसिप्लिन हेड ब्वाय र गर्लमा क्रमशः सक्षम हिम्मतरामका र शिला सिन्हा थिए भने स्कूल स्पोट्र्स क्याप्टेन ब्वाय र गर्लमा क्रमशः रुद्रप्रताप मिश्र र सिमरन श्रेष्ठले उपाधि हात पार्न सफल भएका थिए।
प्रमुख कार्यकारी अधिकृत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका निर्देशकद्वय विनीत लोहिया र प्रमोद चौरसियालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण एकेडेमीका शिक्षक तथा शिक्षिकाद्वय करण मानन्धर र पुष्पा क्षेत्री, धन्यवाद ज्ञापन शिक्षक शेर्मन आल्युले गरेका थिए। कार्यक्रममा सञ्चारकर्मीहरू उज्ज्वल घिमिरे, सूर्य विक, आशिक अन्सारी, सन्तोष पटेललगायतलाई सम्मानित गरिएको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads