वीरगंज , ३१ असार/ वीरगंजबाट काठमाडौंको लागि छुटेको दुर्घटनाग्रस्त एन्जल डिलक्स बसका चालक वीरगंज–१६ नगवा बस्ने जवाहिर महतो कोइरीकी १३ वर्षीया छोरी प्रीति कुमारीले बुबालाई जतिसक्दो चाँडै त्रिशूली खोलाबाट बाहिर निकाल्न अपील गरेकी छन्।
उनले सरकार उदासीन भएकोले हालसम्म खोलाबाट बस र बेपत्ता यात्रीहरूको विषयमा उद्धार गर्न ढिलाइ भइरहेको बताइन्। “कोही मन्त्री वा नेता डुबेको भए एकै छिनमा हेलिकप्टर र विदेशी टोली आएर उद्धार हुन्थ्यो तर सर्वसाधारण जनताका छोराछोरी चढेको बस खोलामा खस्दा सरकारलाई चासो छैन। चार दिन बितिसक्यो। केही शव घटनास्थलबाट निकै टाढाबाट भेटिरहेका छन् तर हालसम्म बस र अन्य यात्री भेटिएका छैनन्,” उनले भनिन्, “मेरो बुबा पर्सि घर आउँछु भनेर जानुभयो तर फर्केर आउनुभएन। आमाको अवस्था नाजुक छ। दिनभरि घरमैं अचेत अवस्थामा रोइकराइ, छटपटाइरहनुभएको छ।”
गरीब परिवारको समस्या सरकारले कहिल्यै नसुन्ने गरेको जवाहिरका बुबा ६५ वर्षीय भगवान महतो कोइरीले दुःखेसो पोखे, “छोराको नाम समाचारमा आएलगत्तै फोन सम्पर्क गर्दा पनि बिहान ७ बजेदेखि लगातार फोन गरिरह्यौं तर उनीसँग सम्पर्क हुन सकेन। त्यसपछि जवाहिर साँच्चै सो घटनामा परेको हो भनेर यकीन भयो। जवाहिरकी पत्नी ३० वर्षीया प्रतिमा देवीले गत बुधवारदेखि हालसम्म अन्न खाएकी छैनन्। दिनभरि स्लाइन पानी चढाएर उपचार भइरहेको छ।” घटना भएको यति दिन बितिसक्दा पनि गाउँले र छिमेकीबाहेक अरू कोही राहत र सहयोग लिएर नआएको समेत जवाहिरकी आमा फुलनदेवी बताउँछिन्। छ कट्ठा खेत र एक कट्ठा छ धुर घडेरीमा चार छोरामध्ये दोस्रो छोरा थिए, जवाहिर। जेठो छोरा सुनील र तेस्रो छोरा वैदेशिक रोजगारमा छन्। चौथो मुन्ना शव खोज्न चितवन पुगेका छन्। अहिले घरका आफन्तजन र सदस्यहरू सबैजना कुन बेला बस भेट्छ वा शव भेट्छ भनेर मोबाइलमा समाचार हेरेर बसिरहेका छन्।
१२ वर्षदेखि सवारी चालक पेशामा रहेका जवाहिर पछिल्लो चार वर्षदेखि काठमाडौंका रवीन्द्र केसी सञ्चालक रहेको एन्जल डिलक्स बस रङ्गपुरबाट वीरगंज हुँदै काठमाडौंसम्म चलाउँदै आएका थिए। तर घटनापछि बसका साहुसमेत सांसद, मन्त्री, मुख्यमन्त्री हालसम्म आफ्नो दैलोमा नआएको सो परिवारको दुःखेसो छ। जवाहिरकी जेठी छोरी प्रीति नगवाको सामुदायिक विद्यालयमा कक्षा ८ मा पढ्छिन् भने ११ वर्षीय आयुष र सात वर्षीय बिटु कुमार नगवाकै नवयुग एकेडेमीमा क्रमशः कक्षा ४ र युकेजीमा पढ्दैछन्।
बसचालकसँगै दुई वर्षअघि टीनको फर्निचर पसल खोलेका जवाहिरले बैंकबाट ५० लाख कर्जासमेत लिएका छन्। अब सो घरपरिवारको हेरचाह, बच्चाको लालनपालन र शिक्षाको प्रबन्ध कसले गर्ने भन्ने चनेर सो परिवार पिरोलिएको छ।

Facebook Comments Box