search

spot_img
spot_img

म्यानपावरले ठगी गरेको घटनामा बारा प्रहरीले सेटिङ गरेको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ बाराको अञ्जनी म्यानपावर, कलैयाले पर्सा, बाराका सयौंजनालाई ठगेको घटना सार्वजनिक भएको छ।
२०७९ सालमा सो म्यानपावर कम्पनीले बारा, पर्साका युवकसँग ५० हजारदेखि तीन लाख रुपैयाँसम्म गरी डेढ करोड रकम लिएर विदेश पठाउने भनेको थियो। तर कसैलाई पनि विदेश नपठाउँदा सबै युवा सङ्गठित भएर जिल्ला प्रशासन कार्यालय, बारामा उजूरी गरे।
उजूरीपश्चात् जिप्रका, बारालाई सो समस्या समाधानको लागि पत्राचार गरियो। गत जेठ ६ गते भएको सहमति अनुसार वैदेशिक रोजगारमा जानेहरूलाई १० प्रतिशत कम रकम दिएर म्यानपावर कम्पनी र युवाहरूबीच बारा प्रहरीले सहमति गराएका कारण आफूहरू मर्कामा परेको पर्सा, बहुदरमाई नगरपालिका–२ सिसियाडीका विशाल यादवको आरोप छ। बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले सेटिङ गरी अञ्जनी म्यानपावरका सञ्चालक अञ्जनीकुमार साहसँग ९० प्रतिशत रकम केहीलाई दिलाएको र बाँकी १० प्रतिशत बारा प्रहरीले कमिशनबापत उठाएर खाएको युवकहरूको आरोप छ।
यता, जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक गुरुङसँग बुझ्दा प्रहरीले रकम नलिएको र पीडितहरूको समस्या समाधानको लागि १० प्रतिशत कममा सहमति गराइ पीडितलाई न्याय दिलाउने प्रयास गरेको बताए। प्रहरीले पैसा खाएको कुरा तथ्यहीन भएको बताउँदै उनले झन्डै डेढ वर्षदेखि अडकिरहेको उजूरीको छिनोफानो गरेको जानकारी दिए।
करीब ११० जना पीडितमध्ये ५५ जनाले म्यानपावर कम्पनीबाट ७० लाख पाइसकेका छन् भने ८० लाख रकम अझै भुक्तानी गर्न बाँकी रहेको उनले स्पष्ट पारे। म्यानपावरका सञ्चालक साहले आफ्नो घरजग्गा बिक्री गरेर पीडितको रकम दिइरहेका कारण १० प्रतिशत कम दिएर सहमति गराएको उनले बताए।
पैसा लिने बेलामा प्रत्याभूतिको रूपमा म्यानपावर कम्पनीका सञ्चालकले एभरेस्ट बैंकको चेक काटेर वैदेशिक रोजगारमा जाने युवकहरूलाई सान्त्वना दिएका थिए। जसको कारण उनलाई कानूनको दायरामा ल्याउन सजिलो भएको बारा प्रहरीले जनाएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads