search

spot_img
spot_img

बस दुर्घटनामा १७ जना यात्री घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको उनले बताए । भारत बेन्च कम्पनीदेखि ५० मीटर दक्षिणतिर र ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा १५–१६ जना यात्री घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जको गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी जीतपुरसिमरा उपमनपा–७ का शङ्कर गुरुङ, कलैया उपमनपा–१८ बस्ने कन्हैया गुप्ता, चितवन, कालिकामाई गापा–५ बस्ने तिलक भट्टराई, हेटौंडा उपमनपा–१५ बस्ने सागर गोले, अमिर थापा, वीरगंज महानगर–५ बस्ने दीपेन्द्रकुमार गुप्ता, वडा नं १५ बस्ने विक्रम राना मगर, महागढीमाई नपा–५ बस्ने सर्वजीत राम, भारत, रक्सौल बस्ने साहिद अन्सारी, जीतपुरसिमरा–३ बस्ने जानुका ढुङ्गाना, हेटौंडा उपमनपा–९ बस्ने गौरी श्रेष्ठ, वीरगंज–६ बस्ने स्वयव अन्सारी, हेटौंडा उपमनपा–१५ बस्ने सुमन लामा, सरस्वती काफ्ले, ठोरी गापा–२ बस्ने रुपेश तामाङ, बसका कन्डक्टर कालिकामाई नपा–१० बस्ने राकेन्द्र बम्जन र एकजना व्यक्तिको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक चितवन राप्ती नगरापलिका–६ बस्ने सागर न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads