search

spot_img
spot_img

गत आवमा पर्साबाट सर्वाधिक लेनदेनका १५९८ मुद्दा फछ्र्योट

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ साउन । पर्सा जिल्ला अदालतबाट गत आव २०८०/८१ मा सबैभन्दा बढी लेनदेनका मुद्दा फछ्र्योट भएका छन्। लेनदेनका मुद्दा एक हजार ५९८ वटा फैसला भएको मुख्य न्यायाधीश दीपक खनालले बताए।
उनका अनुसार २०७८/७९ मा सबैभन्दा बढी एक हजार ५५० वटा लेनदेनका मुद्दा फैसला भएको थियो भने सोभन्दा अघिल्लो आव २०७७/७८ मा ६४७ वटा अंशदर्ताका मुद्दा फैसला भएको थियो। त्यसैगरी, गत आवमा सम्बन्धविच्छेद ८२१ वटा मुद्दामध्ये २६६ वटा फछ्र्योट भई ५५० वटा सुनवाइ हुन बाँकी छ। घरेलु हिंसातर्फ कुल लगत १७३ बाट ७८ वटा फछ्र्योट भई बाँकी ९५, माना चामलतर्फ ११७ कुल मुद्दामध्ये ६० वटा फछ्र्योट भएर ५७ बाँकी, जबरजस्ती करणी कुल १७८ मध्ये ५१ वटा फछ्र्योट र १२७ वटा मुद्दा सुनवाइ हुन बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ।
बालबालिकासम्बन्धी कुल ३५ वटा लगतमध्ये २६ वटा फछ्र्योट भई नौवटा बाँकी, नाता कायमका कुल लगत २३ वटा मुद्दामध्ये २० वटा फछ्र्योट भई तीनवटा बाँकी, मानव बेचबिखन अन्तर्गत कुल लगत १६ वटामध्ये तीनवटा फछ्र्योट भई १३ वटा बाँकी र जबरजस्ती करणी उद्योगतर्फ एउटा लगतमध्ये एकको फछ्र्योट भई बाँकी नरहेको जानकारी गराइएको छ।
गत चालू आवमा लेनदेनपछि सम्बन्धविच्छेद, घरेलु हिंसा, माना चामल, जबरजस्ती करणीलगायतका मुद्दा बढी फछ्र्योट भएका छन् भने अघिल्लो आवमा सर्वाधिक लेनदेनपछि सम्बन्धविच्छेद, माना चामल, घरेलु हिंसा, जबरजस्ती करणीका मुद्दा बढी फछ्र्योट भएका थिए। त्यसैगरी, थुनुवा मुद्दाको विवरण अनुसार गत आवमा ४०८ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए भने नयाँ दर्ता ४८५ गरी कुल ८९३ मध्ये ५२४ वटा फछ्र्योट भई ३६८ वटा मुद्दा सुनवाइ गर्न बाँकी रहेको पर्सा जिल्ला अदालतका रजिस्ट्रार धनेन्द्र अधिकारीले बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads