search

spot_img
spot_img

हाजिर हुन थाले सरुवा भएका प्रधानाध्यापक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ साउन । वीरगंज महानगरपालिका अन्तर्गत सरुवा भएका २७ जना प्रधानाध्यापक हाजिर हुन थालेका छन्। शिवपार्वती आधारभूत विद्यालय वीरगंज–२४ रामगढवाबाट सरुवा भएर वीरगंज–२३ स्थित भुवनेश्वर आधारभूत विद्यालय इटियाहीमा बिहीवार प्रअ प्रदीप जयसवाल हाजिर भएका छन् भने सो विद्यालयका प्रअ राजेश साह वीरगंज–१९ स्थित विन्ध्यवासिनी आधारभूत विद्यालय बर्वामा हाजिर भएका छन्।
अन्य विभिन्न विद्यालयका प्रअहरू हाजिर हुने तयारीमा रहेका छन्। गत जेठ मसान्तमा वीरगंज महानगर शिक्षा समितिको निर्णय अनुसार २७ जना आधारभूत विद्यालय (प्रावि)का प्रअहरूको सरुवा भएको थियो। तर आव सकिन लागेको र मसान्तसम्मको शैक्षिक एवं आर्थिक गतिविधिहरू पूरा गरी विद्यालयमा सरुवा भएर जाने प्रअहरूको सहमति अनुसार सरुवा भएर जाने विद्यालयमा प्रअहरू हाजीर हुन थालेका बताइएको छ।
वीरगंज महानगरपालिकाका शहर र ग्रामीण क्षेत्रमा शैक्षिक वातावरण गुणस्तरीय बनाउन र पठनपाठन प्रभावकारी बनाउनको लागि महानगरले प्रअहरूको सरुवा गरेको थियो। सयौं सहायक शिक्षकहरूको पनि सरुवा हुँदै वीरगंज महानगरपालिका अन्तर्गत रहेका आधारभूत र माध्यमिक विद्यालयका प्रधानाध्यापकबाहेक सहायक शिक्षक (स्थायी, राहत, बालविकास, कास)लगायतको सरुवा गर्ने महानगरपालिकाले तयारी गरेको छ।
विगत लामो समयदेखि एउटै ठाउँमा कार्यरत र विद्यार्थी अनुपातको तुलनामा शिक्षक सङ्ख्या बढी भएका विद्यालयबाट शिक्षक तथा कर्मचारी कट्टा गरेर विद्यार्थी बढी भएका विद्यालयमा दरबन्दी मिलान गर्दै शिक्षक सरुवा भइरहेको वीरगंज महानगरपालिका स्रोतले जनाएको छ। महानगरपालिकाले यसअघि मावि, निमावि र प्रFवि विद्यालयका प्रअहरूको सरुवा गरिसकेको अवस्थामा गुणस्तरीय शिक्षासहितको वातावरण सिर्जना गर्न विद्यार्थी अनुपातको तुलनामा शिक्षक दरबन्दी मिलान भइरहेको बताइएको छ। शिक्षक, बालविकास सहजकर्ता र कर्मचारी गरी सयौं शिक्षक, कर्मचारीहरूको सरुवा गर्ने महानगरको तयारी छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads