search

spot_img
spot_img

सफा र सुन्दर वीरगंजलाई गिज्याउँदै घण्टाघरको बिपी उद्यानको कहिले होला व्यवस्थापन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ साउन/ वीरगंज महानगरपालिकाको सरसफाइ र स्वच्छताको चर्चा देशभरि भइरहेको बेला वीरगंजको बिपी उद्यानको कसैलाई चासो छैन।
महानगरपालिकाको मुख्यचोक घण्टाघरदेखि उत्तरमा १० बिघा क्षेत्रफलमा फैलिएको बिपी उद्यानको जग्गा अनधिकृतरूपमा जथाभावी प्रयोग गरिंदैछ। जथाभावी प्रयोग हुँदा महानगरपालिका र राज्यका अन्य निकायलाई सङ्कलन हुनुपर्ने राजस्व खेर गइरहेको छ भने अर्कोतर्फ सफा वीरगंजलाई कुरूप र फोहर बिपी उद्यानले गिज्याइरहेको छ।
वीरगंज–९ रानीघाटका टोलवासीहरूले जबसम्म बिपी उद्यान व्यवस्थित र हराभरायुक्त भौतिक संरचनाले सजिंदैन, तबसम्म रानीघाटको मानसम्मान र सरसफाइ नहुने बताउँछन्। बिपी उद्यानकै छेउछाउका सडकबाट रानीघाटमा सबैले प्रवेश गर्छन्। २०५९ सालमा रेलवेको जग्गा वीरगंज मनपाको नाममा मन्त्रिपरिषद्को निर्णय भएर नामसारी भएको थियो। जसमा बिपी स्मृति पार्क निर्माण गर्ने उल्लेख छ। नेपाल सरकारले सोही पार्क निर्माणको लागि यस अघि एडिबी आयोजना अन्तर्गत एक अर्ब बजेट छुट्याए तापनि अदालतको मुद्दा मामिलाका कारण सो बजेट फ्रीज भएर फिर्ता भएको थियो।
मधेस आन्दोलन र नाकाबन्दीपछि मधेसी शहीद स्मृति पार्क बनाउने चर्चा पनि चल्यो तर बिपी उद्यानकै सार्वजनिक शौचालयनजीक एउटा कुनामा मधेसी पार्क निर्माण गरेर मधेसी शहीदहरूको प्रतिमा स्थापित गरिएको छ र बाँकी क्षेत्रफलमा कसले कहिले कुन योजना अघि बढाउने भन्ने विषयमा अहिलेसम्म कुनै ठेगान छैन। जसले गर्दा ठेला, घुम्ती पसल, तरकारी बजार, अव्यवस्थित दलित बस्तीलगायतका संरचना स्थायी र अस्थायीरूपमा रहँदै सो ठाउँको दुरुपयोग हुँदै आएको छ।
दैनिक ट्रकका ट्रक तरकारी बिक्री हुँदा त्यसबाट विसर्जित फोहरले बिपी उद्यान दुर्गन्धित हुने गरेको छ। सडकछेउमा पर्खाल निर्माण भइसकेपछि केही हदसम्म बिपी उद्यानको दुर्दशा सर्वसाधारणले हेर्न पाउँदैनन् तर भित्र प्रवेश गर्ने बित्तिकै नाक थुनेर तरकारी, फलफूल किन्नुपर्ने बाध्यता छ।
वीरगंजको रानीघाट मात्र नभई वीरगंजवासी र आन्तरिक तथा बाह्य पर्यटकहरूको आशा र विश्वास वीरगंजका नगरप्रमुख राजेशमान सिंहसँग थियो। तर उनले पनि सो पार्कलाई व्यवस्थित, हराभरासहितको योजना अगाडि बढाउन सकेनन्। बिपी उद्यानमा पोखरी, बगैंचा, नगरसभालगायत संरचना निर्माण गर्ने महानगरपालिकाले सोच बनाए तापनि बिपी स्मृति पार्ककै नामबाट कुनै पनि योजना अगाडि बढाउनुपर्ने बाध्यताले महानगरपालिकाले बजेट विनियोजन गर्न हच्केको छ।
वीरगंज मनपाको दुई वर्षको बजेट सकिंदा पनि सो पार्कमा खासै रकम विनियोजन भएको छैन। वीरगंजवासीका अनुसार वीरगंज मनपाले जसरी भएपनि सफा र स्वच्छ वीरगंजको प्रतीकको रूपमा बिपी स्मृति पार्कलाई आधुनिक किसिमको पार्कको रूपमा विकसित गर्दै सुविधासम्पन्न बनाए वीरगंजको लागि गौरव हुने विश्वास व्यक्त गरेका छन्।
वर्षात्को बेला विपी पार्कमा पानी जम्दा थप दुर्गन्धित हुने गरेको र बिपी पार्कबाट कसले दैनिक कति रकम सङ्कलन गर्छ भन्नेबारे महानगरपालिकासँग यकीन तथ्याङ्क छैन।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई...

सम्बन्धित खबर

- Advertisement -neelambads