search

दुर्घटनामा पत्रकार बन्जारा दम्पती घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन / नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा चढेको कार सोमवार दिउँसो बाराको जीतपुरमा ट्रकको ठक्करबाट दुर्घटनाग्रस्त भएको छ। कारमा सवार पत्रकार बन्जारा र निजकी पत्नी सुभद्रा बन्जारा भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ। सिमराबाट वीरगंज आउने क्रममा दिउँसो जीतपुरमा ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट कारमा क्षति पुगे पनि बन्जारा र उनकी पत्नी सुभद्राको अवस्था सामान्य रहेको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुल हैस अन्सारीले बताए। दुर्घटनामा दुवैजनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था सामान्य रहेको डा अन्सारीले बताए। प्रहरीका अनुसार मालवाहक ट्रकको टायर पड्किएर अनियन्त्रित भई कारलाई ठक्कर दिएको र सोबाट बन्जारा दम्पती बसेको कार दुर्घटनाग्रस्त भएर उनीहरू घाइते भएका थिए। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, जीतपुरले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads