search

नालाको पानीले निकास नपाउँदा सास्ती

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ७ साउन / पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी उत्तरटोलमा नालामा पानीको निकास नभएर स्थानीयले सास्ती खेप्नुपरेको छ।
दुई वर्ष पहिले निर्माण भएको नालाको कारण स्थानीय गाउँलेहरूले दुःख भोगिरहेका छन्। गणेश यादवको घरदेखि महेश यादवको घरसम्म करीब सय मिटर लामो नालाको निर्माण दुई वर्षअगाडि भएको थियो। तर उक्त नालामा पानीको निकास नहुँदा वर्षाको बेला सबै पानी ग्राभेल कच्ची सडकमैं जम्ने भएकोले वर्षात्को मौसममा स्थानीयले सास्ती खेप्नुपरेको हो।
वर्षाको पानी नालाको सतह र सडकको सतह पार गरेर गणेश यादव, शिवनारायण यादव, शिवपूजन यादव, हरिनारायण यादव र महेश यादवको घरमा पस्ने गरेको स्थानीयहरूले बताएका छन्। यस विषयमा वडाध्यक्ष जीतेन्द्र पटेलले केही बताउन चाहेनन्। स्थानीयले नालाको पानी निकासको लागि नगरपालिकासँग माग गरेका छन्।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads