search

spot_img
spot_img

धानबालीका लागि गण्डक नहरमा पानी आउने क्रम जारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० साउन/ गण्डक नहरमा अहिले धानबालीको लागि भारतले पानी पठाएको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी सुरेश साहले गण्डक नहरमा भारतले पानी पठाएको पुष्टि गरेका छन् । उनले यसपटक असार १३ गतेदेखि नै भारतले गण्डक नहरमा नेपालका लागि पानी पठाएको बताए । राष्ट्रिय धान दिवस असार १५ गते भएको र भारतीय पक्षलाई सो समयलाई लक्षित गरेर गण्डक नहरमा पानी पठाउन आग्रह गरिएको कारण असार १३ गतेदेखि गण्डक नहरमा पानी आएको बताए ।
सूचना अधिकारी साहले असार १३ गते २५० क्युसेक पानी गण्डक नहरमा छाडिएको र त्यसपछि क्रमशः वृद्धि गर्दै अहिले ६५० क्युसेक पानी आइरहेको जानकारी गराएका छन् । भारतले सम्झौता अनुसार वार्षिक दुई सिजनमा गण्डक नहरमा ८५० क्युसेकका दरले पानी पठाउनुपर्छ । तर सम्झौता अनुसारको पानी नपाएको कारण पर्सा, बारा र रौतहट गरी तीन जिल्ला भएर बग्ने करीब ८१ किलोमिटर लामो गण्डक नहरमा पानी जानुपर्नेमा अहिले बारा जिल्लासम्म मात्र सीमित भएको उनले बताए । बाराको जमुनिया खोलानजीकसम्म मात्र गण्डक नहरको पानी जाने गरेको छ । गण्डक नहरमा असार १५ र माघ १५ गरी दुई सिजनमा धान र गहुँ बालीका लागि गण्डक नहरमा पानी पठाइन्छ ।
सूचना अधिकारी साहले अहिले पर्सा जिल्लाका ४५ हजार हेक्टर र बारा जिल्लाका करीब ६० हजार हेक्टरमा धानबाली हुने गरेको र त्यहाँका किसानहरू सिंचाइका लागि गण्डक नहरमा आश्रित रहेको बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads