search

spot_img
spot_img

परवानीपुर गोल्डकपको आय–व्यय सार्वजनिक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ साउन । परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको तेस्रो संस्करणको शनिवार आय–व्यय प्रस्तुत भएको गरिएको छ। परवानीपुर गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा आयोजक शक्ति युवा क्लबको तर्फबाट तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले प्रतियोगितामा भएको आम्दानी र खर्चको हिसाब प्रस्तुत गरेका थिए।
उनले गत चैत ३ देखि १० गतेसम्म सञ्चालित प्रतियोगितामा कुल रु १८ लाख छ हजार आम्दानी भएको बताए। सोमध्ये प्रतियोगितामा रु ११ लाख ११ हजार खर्च भएको जानकारी गराए। उनले प्रतियोगितामा सहयोगका लागि वाचा गरेका संस्थाहरूसँग पाँच लाख ६१ हजार रकम प्राप्त हुन बाँकी रहेको र अहिले बैंकमा एक लाख ३४ हजार मौज्दात रहेको बताए।
संयोजक श्रीवास्तवले प्रतियोगितामा स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, सामाजिक क्षेत्रका व्यक्तिहरूबाट सहयोग प्रदान भएर प्रतियोगिताको सफल आयोजन भएको बताए। प्रतियोगिताका संहसयोजक दीपक यादवले आगामी दिनमा पनि पारदर्शीरूपमा प्रतियोगिता आयोजना गरी आय–व्यय सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा परवानीपुर गापा अध्यक्ष रामक्षत्री कुर्मीले प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेर क्लबले आर्थिक पारदर्शिता देखाएकोमा क्लबको प्रशंसा गरे।
एमालेका नेता रामपाल यादवले युवाहरूले खेल क्षेत्रमा देखाएको जागरूकताको प्रशंसा गरे। समाजसेवी सोचन यादवले प्रतियोगितामा भएको आम्दानी र खर्च पारदर्शी गरेकोमा आयोजकलाई धन्यवाद दिए।
शक्ति युवा क्लबका अध्यक्ष राजमहमद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा विजय गुप्ता, नागमणि उपाध्याय, रामेश्वर महतोलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads