search

spot_img
spot_img

गाँजा र चरेससहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज , १३ साउन/ पर्साका ग्रामीण भेगबाट लागूऔषध चरेस र गाँजा तस्करी गर्दै गरेको अवस्थामा तीनजना भारतीय पक्राउ परेका छन्।
पोखरिया नगरपालिका वडा नं १ वनकटवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित भारत बिहारको पश्चिम चम्पारण जिल्लाको बिसुनपुर मटेर्वाका १८ वर्षीय कुञ्जनकुमार महतोलाई पक्राउ गरेको छ।
पोखरियास्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी नेतृत्वको टोलीले वनकटवामा आकस्मिक चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको महतो सवार बिआर २२ एबी १२९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त मोटरसाइकलको डिक्कीभित्र र सिटमुनि लुकाएर राखिएका २४ वटा प्याकेटमा रहेको १२ किलो चरेस बरामद गरिएको सप्रनाउ अधिकारीले बताए।
चरेस र मोटरसाइकलसहित पक्राउ परेका महतोलाई आवश्यक कारबाईका लागि आइतवार इलाका प्रहरी कार्यालय, पोखरियामा बुझाइएको जानकारी उनले दिए।
यस्तै, पर्साकै जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतास्थित सीमा क्षेत्रबाट पनि लागूऔषध गाँजासहित दुईजना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको पश्चिम चम्पारण जिल्लाको मझरिया जमुनिया गाउँका ३२ वर्षीय सुरेश साह र तेलुवा गाउँकी सुगान्ती मलाहा रहेका छन्।
पर्साको भिखमपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट खटेको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआ २२ बिजे ३८९५ नम्बरको मोटरसाइकल दसौता गाउँमा रोकेर चेकजाँच गर्दा झोलाबाट चार किलो गाँजा फेला परेपछि चालक सुरेश र मोटरसाइकलमा सवार सुगान्तीलाई नियन्त्रणमा लिइएको हो।
गाँजा र मोटरसाइकलसहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाईका लागि इलाका प्रहरी कार्यालय, पोखरियामा बुझाइएको सप्रनाउ अधिकारीले जानकारी दिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको...

सम्बन्धित खबर

- Advertisement -neelambads