खेस्राहाका गिरीको लद्दाखमा रहस्यमय मृत्यु

वीरगंज, १४ साउन/ पर्सा, पकाहामैनपुर गाउँपालिका–४ खेस्राहा बस्ने ४० वर्षीय वीरेन्द्र गिरीको भारतको लद्दाखमा रहस्यमय मृत्यु भएको छ । एक साता अघि घर निर्माणको क्रममा १० तलाबाट खसेर उनको मृत्यु भएको बताइए तापनि परिवारजनले उनको मृत्यु शङ्कास्पद रहेको जनाएका छन् । गिरीका भिनाजु पर्ने पकाहामैनपुर गापा–४ घर भई हाल छिपहरमाई गापा–३ जयमङ्गलापुर बस्ने अनिल गिरीको […]

ब्रिटानिया नेपालद्वारा परवानीपुर विद्यालयमा सहयोग

परवानीपुर, १४ साउन/ वीरगंज–२१ परवानीपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ब्रिटानिया नेपालले आर्थिक सहयोग गरी भौतिक संरचना विकास गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै परवानीपुरमा सञ्चालित ब्रिटानिया नेपालले दुईवटा शौचालय निर्माण गर्नुका साथै दुईवटा कक्षाकोठाको पनि मरम्मतसम्भार गरेको प्रधानाध्यापक रामेश्वर साहले जानकारी दिए । साहका अनुसार शौचालय नहुँदा शिक्ष्Fक, विद्यार्थीले समस्या भोग्नुपरेको थियो । […]

भेडेटारलाई हिल स्टेशन बनाउन २० करोडमा स्काइवाक टावर सञ्चालन

वीरगंज, १४ साउन/ पूर्वी नेपालको धनकुटा जिल्लाको भेडेटारमा रु २० करोडको लगानीमा स्काइवाक टावर सञ्चालनमा आएको छ । कोशी प्रदेशको भेडेटारलाई हिल स्टेशन बनाउन वान्टडर्स अम्युजमेन्ट पार्क एट्राक्सन प्रालिको लगानीमा सो स्काइ वाक टावर सञ्चालनमा आएको हो । एक वर्षदेखि काठमाडौंको कमलादी र इलामको कन्याममा सो कम्पनीले स्काइवाक टावर यसअघि सञ्चालनमा ल्याइसकेको छ । नेपालकै […]

एलएस न्यूरो अस्पतालमा उपचाररत मुखियाको मृत्यु

वीरगंज, , १४ साउन/ बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा उपचाररत बारा फेटा गाउँपालिका–३ बेनौलीका सिकेन्द्र मुखिया बिनको मृत्यु भएको छ । सोमवार बिहान सात बजे उनको मृत्यु भएको हो । केही दिनअघि गाउँमैं मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेको मुखियाको भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो । उनको टाउकोमा रगत जमेकोले […]

नारायणी अस्पतालको १० करोड बजेट फ्रिज

वीरगंज, १४ साउन/ नारायणी अस्पताल वीरगंजको गत आवमा करीब १० करोड बजेट फ्रिज भएको छ । नारायणी अस्पतालको गत आव २०८०/८१ को लागि नेपाल सरकारबाट कुल ४३ करोड २७ लाख ८८ हजार ९९५ बजेट विनियोजन भएकामा गत असार मसान्तसम्म ३३ करोड २९ लाख ९७ हजार ६८ मात्र खर्च भएको छ । अर्थात् नौ करोड ९७ […]

पर्सामा आठ हजार ७४ मुद्दा फछ्र्योट

वीरगंज, १४ साउन/ पर्सा जिल्ला अदालतले गत आव २०८०/८१ मा आठ हजार ७४ मुद्दा फछ्र्योट गरेको छ । गत आवको कुल १४ हजार १६६ मुद्दामध्ये ५६.९९ प्रतिशत अर्थात् आठ हजार ७४ मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार धनेन्द्र अधिकारीले जानकारी दिए । आव २०७९/८० बाट जिम्मेवारी सरिआएका मुद्दा छ हजार ८६५, २०८१ असार मसान्तसम्म नयाँ दर्ता […]