search

पर्सामा आठ हजार ७४ मुद्दा फछ्र्योट

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ साउन/ पर्सा जिल्ला अदालतले गत आव २०८०/८१ मा आठ हजार ७४ मुद्दा फछ्र्योट गरेको छ । गत आवको कुल १४ हजार १६६ मुद्दामध्ये ५६.९९ प्रतिशत अर्थात् आठ हजार ७४ मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार धनेन्द्र अधिकारीले जानकारी दिए ।
आव २०७९/८० बाट जिम्मेवारी सरिआएका मुद्दा छ हजार ८६५, २०८१ असार मसान्तसम्म नयाँ दर्ता मुद्दा सङ्ख्या सात हजार ३०१ गरी कुल १४ हजार १६६ मुद्दामध्ये त्यति मुद्दा फछ्र्योट भएको जनाइएको छ ।
त्यसैगरी, २०८१ असारसम्म चालू मुद्दा सङ्ख्या छ हजार ९२ रहेको बताइएको छ । त्यसैगरी, फरक मुद्दा व्यवस्थापन (डिफरेन्ट केस मैनेजमेन्ट) पूर्वका फछ्र्योट मुद्दा सङ्ख्या २९८ र डिसिएम पूर्व चालू मुद्दा सङ्ख्या २५ (१३) रहेको बताइएको छ । यसैगरी, २०८१ असार मसान्तसम्म दुई वर्ष पुगेको मुद्दाको सङ्ख्या दुई हजार ८६९, दुई वर्षसम्म फछ्र्योट मुद्दाको सङ्ख्या दुई हजार ४२६, दुई वर्षे चालू मुद्दा सङ्ख्या ४४३, दुई वर्ष पुग्न सक्ने मुद्दाको सङख्या एक हजार ८२६ रहेको बताइएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads