search

एलएस न्यूरो अस्पतालमा उपचाररत मुखियाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, , १४ साउन/ बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा उपचाररत बारा फेटा गाउँपालिका–३ बेनौलीका सिकेन्द्र मुखिया बिनको मृत्यु भएको छ ।
सोमवार बिहान सात बजे उनको मृत्यु भएको हो । केही दिनअघि गाउँमैं मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेको मुखियाको भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो । उनको टाउकोमा रगत जमेकोले उनको स्थिति स्थिर बनाएर शल्यक्रिया गर्ने अस्पतालको तयारी थियो । तर गएराति अचानक अक्सिजनको मात्रा घट्दै गएपछि उनको अवस्था सिकिस्त भएको थियो ।
उनको मृत्यु भएपछि परिवारजनले अस्पतालको लापरवाहीले मृत्यु भएको आरोपसमेत लगाएका छन् । उपचार भइरहेको बेला अस्पतालले प्रभावकारी उपचार नगरेको तर रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालले आप्mनै अस्पतालमा उपचार गरी उनको उपचारमा लापरवाही गरेको परिवारजनको आरोप छ । उनलाई ठक्कर दिने मोटरसाइकल चालकको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल बारा प्रहरीको नियन्त्रणमा छ ।
एलएस न्युरो अस्पतालमा उपचारमा लागेको खर्च पनि बाँकी रहेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads