search

भेडेटारलाई हिल स्टेशन बनाउन २० करोडमा स्काइवाक टावर सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ साउन/ पूर्वी नेपालको धनकुटा जिल्लाको भेडेटारमा रु २० करोडको लगानीमा स्काइवाक टावर सञ्चालनमा आएको छ । कोशी प्रदेशको भेडेटारलाई हिल स्टेशन बनाउन वान्टडर्स अम्युजमेन्ट पार्क एट्राक्सन प्रालिको लगानीमा सो स्काइ वाक टावर सञ्चालनमा आएको हो ।
एक वर्षदेखि काठमाडौंको कमलादी र इलामको कन्याममा सो कम्पनीले स्काइवाक टावर यसअघि सञ्चालनमा ल्याइसकेको छ । नेपालकै पहिलो पिपिपी मोडेलमा सञ्चालन भएको सो टावरबाट उठ्ने राजस्व र मनोरञ्जन करमा ४५ प्रतिशत साँघुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिका र ५५ प्रतिशत असुल गर्ने समझदारी भएको छ भने कोशी प्रदेशले सो टावरले गर्ने खुद मुनाफाको पाँच प्रतिशत रोयल्टी लिने समझदारी भएको छ ।
साँघुरीगढी गापा–४ मा निर्मित सो टावरको भाग धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने भएकोले दुवै स्थानीय तहलाई सो आयोजनाको साझेदारको रूपमा जोडिएको लगानीकर्ता कम्पनीका सञ्चालक सञ्जीव रोकाहाले जानकारी दिए । साढे १८ मिटर लम्बाइको टावरको उचाइ ४१ फिट रहेको बताइएको छ । पहिलेदेखि नै हिल स्टेशनको रूपमा परिचित भेडेटारमा इटहरी, विराटनगर र भारतीय पर्यटकलाई लक्षित गरी टावर सञ्चालनमा ल्याइएपछि सो क्षेत्रमा पर्यटकको आवागमन बढ्ने विश्वास व्यक्त गरिएको छ । एकैचोटी सो टावरमा ५० जनाको समूहले अवलोकन र सीसाबाट वनजङ्गलको दृश्यावलोकन गर्ने थ्रिलिङ एवं एडभेन्चर्स फिल गर्नको लागि सो टावरमा लगानी गरिएको लगानीकर्ताले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads