search

रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धिको माग

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन/ राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि तथा जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा बारा जिल्लाको परवानीपुर गाउँँपालिकास्थित रामपुर स्वास्थ्य चौकीमा कम्तीमा २५ वटा गाउँँका एक लाखभन्दा बढी सेवाग्राही निर्भर रहेको उल्लेख छ। सेवाग्राही चाप अनुसार स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, औषधि, उपकरण र सेवा सुविधाको अभाव रहेकाले स्थानीय जनताले उचित सेवा प्राप्त गर्न नसक्दा महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जान बाध्य भएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा रामपुर स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, भवन र अन्य सुविधाहरूको स्तरोन्नति, विशेषज्ञ चिकित्सक, एमबिबिएस चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरूको व्यवस्था साथै अत्यावश्यक औषधि, उपकरण र अन्य सामग्रीहरूको पर्याप्त आपूर्ति गरिनुपर्ने माग गरिएको छ। अध्यक्ष यादवले उक्त समस्याको समाधानका लागि शीघ्र कदम चाल्न स्वास्थ्यमन्त्रीलाई अनुरोध गर्दै स्थानीय जनताले पाउने स्वास्थ्य सेवामा सुधार हुने विश्वास व्यक्त गरे।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads