search

spot_img
spot_img

युवासँग देशको भविष्य गाँसिएको छ –लिङ्देन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ साउन/ सचित रेम फाउन्डेशन वीरगंजको आयोजनामा दुई दिने युवा सम्मेलन वीरगंजमा शुरू भएको छ । युवा सम्मेलनमा पर्सा र बाराका युवाहरूको भेला गरी विभिन्न सत्रमा युवाहरूसँग सम्बन्धित विषयवस्तुमा छलफल भएको छ ।
आइतवार आयोजना भएको दोस्रो सत्रका मुख्य अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष्F राजेन्द्र लिङ्देनले आजको समयमा शिक्षित र दक्ष्F युवा राजनीतिमा नआउँदा देशमा राजनीतिक क्रान्ति हुन नसकेको बताए । उनले देशको भविष्य युवासँग गाँसिएकोले राजनीतिमा आबद्ध हुनैपर्ने बताए । देश बिग्रियो भनेर शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई तथानाम भनेर केही पनि नहुने तर नेपाली युवाको भविष्य बर्बाद हुने जिकिर गर्दै युवालाई राजनीतिमा होमिन उनले आग्रह गरे ।
उनले आर्थिक समस्याबाट गुज्रिरहेका युवाहरू परिवार पाल्न वैदेशिक रोजगारमा गइरहेका बताउँदै जबसम्म देश बनाउने भनेर राजनीतिमा युवाहरूको आगमन हुँदैन, तबसम्म देशमा समृद्धि आउन नसक्ने टिप्पणी गरे ।
देशका हरेक निकायलाई नियमन र नियन्त्रण राजनीतिले गर्छ । राजनीतिमा प्रतिभा भएका युवाहरू आउनुपर्छ ।
देश बदल्ने काम युवाबाट हुने भएकोले राजनीतिमार्पmत कम समयमा युवाले देश परिवर्तन गर्न सक्ने उनले बताए ।
सत्रमा विशिष्ट अतिथिको रूपमा सहभागी राप्रपाकी महिला नेत्री एवं सङ्घीय सांसद बिना जयसवालले अहिलेको अवस्थामा नेपाली युवा निराश भएको चर्चा गर्दै निराशालाई चिर्न युवा समुदाय नै अग्रसर भएर अगाडि बढ्नुपर्ने औंल्याइन् । उनले जबसम्म युवाले विकृति र विसङ्गति भएका क्षेत्रलाई सुधार्न हात हाल्दैनन्, तबसम्म देशको भलो नहुने भएकोले हरेक क्ष्Fेत्रमा युवा सहभागिता उत्साहजनक हुनुपर्ने बताइन् ।
सो सत्रमा मधेस प्रदेशका खेलकूदमन्त्री प्रमोद जयसवाल, प्रदेश सांसद कनिष्क पटेल, जागरण युथ क्लबका राजेन्द्र सहनीले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा ‘मधेस प्रदेशमा शिक्ष्Fाको अवस्था’ विषयक संवाद कार्यक्रममा मुख्य अतिथि एवं मधेस प्रदेशका शिक्ष्Fा तथा खेलकूदमन्त्री जयसवालले युवाहरूको क्षमता अभिवृद्धि गर्ने कुरामा आपूm सहयोगी पात्रको रूपमा अगाडि बढ्ने बताए । उनले अहिलेका युवाहरू १० देखि ५ बजेसम्मको जागीर खान खोज्ने सोचका हुँदा उनीहरू पछि परिरहेको धारणा राखे । काम अनुसारको सीप सिकेर औद्योगिक क्ष्Fेत्र अथवा अन्य कर्पोरेट क्षेत्रमा आएमा युवाले सहजै रोजगार पाउने भएकोले युवालाई परम्परागत पढाइभन्दा फरक पढाइ र फरक सीप सिकेर काम गर्नुपर्ने सुझाव दिए । उनले विदेश जाने युवालाई स्वदेशमैं केही गर्न आग्रह गरे ।
पहिलो सत्रमा पटेर्वासुगौलीकी उपाध्यक्ष ममता महतो, पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन, वीरगंज कलेजका अध्यक्ष्F दीपेन्द्र चौधरीलगायतले युवाको शिक्ष्Fा, प्रदेशमा युवाको शिक्ष्Fा एवं भविष्यबारे आआप्mनो धारणा राखेका थिए । सोमवारसम्म चल्ने युवा सम्मेलनका विभिन्न सत्रको मोडरेटरको जिम्मेवारी राजा हुसेनले गरिरहेका छन् । कार्यक्रमको संयोजन कृष्णकुमार सिंहले गरेका थिए ।
लक्ष्य नेपालको सहसंयोजनमा आयोजना भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, प्रसौनी गापाका अध्यक्ष विनोद जयसवाललगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads