search

अग्रवाल धरौटीमा रिहा, प्रहरी शङ्काको घेरामा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ साउन/
वीरगंज महानगर–१० आदर्शनगर निवासी निरञ्जन अग्रवाललाई पर्सा जिल्ला अदालतले धरौटी बुझेर तारेखमा रिहा गरेको छ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अग्रवाललाई रु दुई लाख पचास हजार धरौटीमा रिहा गर्न आदेश गरेका थिए । आदेशसँगै अग्रवालले सोबापतको रकम जम्मा गरेर रिहा भएका छन् ।

साउन १६ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाललाई झूटो विवरण पेश गरी नागरिकता र सवारी चालक अनुमतिपत्र बनाएको कसूरमा थुनामा राखेर कारबाही गरेको थियो । वीरगंज महानगरपालिका श्रीसिया निवासी नरेश ठाकुरले जिल्ला प्रहरी कार्यालय, पर्सामा अग्रवालविरुद्ध २०७६ चैतमा उजुरी दिएका थिए ।

उजूरी दिएको करीब पाँच वर्षपछि मात्र जिप्रका, पर्साले निजलाई साउन १६ गते बुधवार पक्राउ गरेको थियो । प्रहरीमा उजूरी दिएको यो कसूरमा अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा कारबाही शुरू भएको थियो । जिप्रकाले उनीविरुद्धको मुद्दा मुलतबीमा राखेको छ । जिल्ला प्रशासनले मुलतबी राखेको र जिल्ला प्रहरीमा पाँच वर्ष अघि परेको उजूरीमा पाँच वर्षपछि कारबाही प्रक्रिया अघि बढ्नुले विभिन्न शङ्का उब्जाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads